
काठमाण्डु, २ जेठ – कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले श्रीमती आफूसँगै बस्न नमानेपछि एसिड हानेको बताएका छन् । उनले प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमतीको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेका हुन् ।
उनले बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका थिउ । काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो ।
मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो । उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् ।
उनको टाउको र हात जलेको छ । उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरेर पठाइएको छ ।