
काठमाण्डु, २ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ ।
काठमाण्डु उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण काठमाण्डुमा पानी परेको हो ।
बिहीबार पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
बुधबार राति काठमाण्डु उपत्यकामा ५ दशमलव ९ मिलीलीटर वर्षा भएको छ। राति पानी परे पनि काठमाण्डु उपत्यकाको मौसम अहिले खुलेको छ ।
बुधबार र बिहीबार पश्चिममा पश्चिमी वायु तथा मध्य तथा पूर्वमा विकास भएको न्यूनचापीय प्रणालीको कारणले देशको मौसममा बदली भएको हो । तर, शुक्रबारदेखि भने मौसम दुई–चार दिन सफा हुने बासीको भनाई छ ।
यस्ताे तीन दिनकाे माैसमी अनुमान
जेष्ठ ०२ गते (बिहिबार):
दिउँसो: देशको पूर्वी भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भु-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भु-भागमा आंशिक बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
जेष्ठ ०३ गते (शुक्रबार):
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
जेष्ठ ०४ गते (शनिबार):
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।