भारतबाट उडेर आएको धुलोले काठमाण्डुको आकाश फोहोर

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ७:१९ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन ।
केही दिनअघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । ‘सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ’, बटुवा रमिता सुवेदीले भनिन्, ‘दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।’
भारतको राजस्थानबाट आएको हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएको मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् । ‘थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ’, उनले थपे, ‘चर्किँदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us