जब देवर भाउजु एक अर्काबिना बाँच्नै नसकने भए…

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ६:५१ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका(चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउजु श्यामादेवी यादव पनि पक्राउ परेकी छन् ।

५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । मुकेशले भाउजु श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाण्डु पु-याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us