काठमाण्डु, ६ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली प्रतियोगिता (एसियाड) मा भारतका लागि नेपालीले स्वर्ण पदकको खाता खोलेका छन् ।
संखुवासभाका जितु रार्इले शनिबार ५० मिटर एयर पेस्तोलमा स्वर्ण पदक जितेका हुन् ।
‘स्वर्ण पदक जित्दा राई निकै भावुक देखिए’ राईले ड्यासमा स्वर्णपदक ग्रहण गरेको क्षण उल्लेख गर्दै भारतीय दैनिक इन्डियन एक्सप्रेसले लेखेको छ । नेपालमा जन्मेर पनि भारतलाई एसियाडमा स्वर्णपदक दिलाउने सपना नदेखेको उनले बताएका छन् ।
‘एसियाडमा स्वर्ण पदक चुम्छु जस्तो लागेको थिएन,’ राइले भने ,‘ यो सेनाकै सहयोगले सम्भव भएको हो ।’ भारतीय सेनामा भर्ती भएपछि पेस्तोल चलाउने कलाको विकास गरेको रार्इले बताए ।
राईको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण भने होइन । यसअघि उनले कमनवेल्थ गेम्स तथा वल्र्ड च्याम्पियनसिपमा समेत भारतलाई स्वर्ण पदक दिलाएका छन् ।
नयाँ पत्रिकाबाट