अब हुन्छ की नेविसंघ महाधिवेशन ?

काठमाण्डु टुडे २०७१ असोज ५ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, ५ असोज – नेपाल विद्यार्थी संघको स्थगित महाधिवेशन कात्तिक ३० गते हुने भएको छ ।

nsuभदौं अन्तिममा हुने भनिएको महाधिवेशन स्थगित गरेको विरोधमा विद्यार्थी नेताहरु आमरण अनशन बसेर दबाब दिएपछि कांग्रेसले अधिवेशनको मिति तोकेको हो ।
कार्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको अन्तिम सूची तयार पारी कार्तिक ३०, मंसिर १ र २ गते महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको कांग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले जनाएका छन् ।

प्रक्रिया नपुर्याीइएका तथा अधिवेशन हुन वाँकी रहेका जिल्ला र क्याम्पसहरुको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र वनाई कार्तिक १८ गते भित्र सम्पन्न गर्न पनि भनिएको तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले नेवि संघको महाधिवेशन २र२ वर्षमा वाध्यात्मक रुपमा गराउने वैधानिक व्यवस्था मिलाउन समेत भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us