पाेखरा विश्वविद्यालयमा ताेडफाेड

काठमाण्डु टुडे २०७१ असोज ५ गते ८:१७ मा प्रकाशित

पाेखरा, ५ असाेज  – आफूहरुलाई बिना जानकारी हटाइएको भन्दै पोखरा विश्वविद्यालय (पियु) का करारका शिक्षक र कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार पियु केन्द्रीय कार्यालयलगायत विभिन्न कार्यालयको भवनमा तोडफोडसमेत गरेका छन् ।

puपियु कार्यकारी परिषद्ले ९५ करारका शिक्षक तथा ६ कर्मचारीलाई हटाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनकारीले उपकुलपति, रजिष्ट्रार तथा डिन कार्यालयमा तोडफोड गरेका छन् । सुरुमा नाराबाजी गरेका उनीहरु पछि तोडफोडमा उत्रिएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । १ देखि ७ बर्षसम्म काम गर्दै आएका शिक्षक र कर्मचारीलाई हटाउने निर्णय बिरुद्ध आफूहरु आन्दोलित बनेको उपप्राध्यापक योगराज लामिछानेले बताए ।

पियु उपकुलपति खगेन्द्र भट्टराईले करारका शिक्षक कर्मचारीलई हटाएको नभई प्रकृया मिलाउने मात्र भनिएको बताए । आफू काठमाण्डु  भएकाले पियुमा भएको घटनाबारे थाहा नभएको उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us