नेपालमा लगानी मैत्री वातावरण बनेको छ: कोइराला

काठमाण्डु टुडे २०७१ असोज ५ गते ३:४२ मा प्रकाशित

काठमाण्डु, ५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको दाबी गरेका छन् ।
sushil daभारतसँग पछिल्लो पटक भएको उर्जा विकास सम्झौता पिडीएले लगानीको नयाँ अध्याय सुरु गरेको उनले बताए ।  संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा मध्यपूर्वी एसिया, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकस्थित राजदूत तथा नियोग प्रमुखहरुसँग शनिबार राति भएको सामूहिक भेटघाटमा यस्तो बताएका हुन् ।
अवुधावीस्थित नेपाली राजदूतावासमा आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री कोइरालाले राजदूतहरुलाई मुलुकमा लगानी भित्र्याउन भूमिका खेल्न निर्देशन दिए ।

उनले विदेशी नियोगमा बसेका कर्मचारीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।  उनले समयमै संविधान जारी गरी मुलुकलाई शान्ति र स्थायित्व प्रदान गर्दै समुद्ध मुलुकमा विकास गर्नुपर्ने बताए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नियोगमा खटिएका कर्मचारीले  मित्रराष्ट्रसँग दौत्य सम्बन्ध विकास गर्नुका साथै त्यहाँ रहेका नेपाली नागरिकका समस्या समाधानमा क्रियासिल हुन निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us