होसियार दसैंमा रातो खसी किन्नुहोला !

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:४४ मा प्रकाशित

काठमाण्डु, ५ असोज– यदि तपाईं दसैंलाई लक्षित गरेर खसीबोका किन्दै हुनुहुन्छ भने विचार पुर्याउनुहोला ।
khasiबजारमा बेच्न राखिएका खसीबोका सबै स्वस्थ हुन्छन भन्ने छैन । रोगी खसीबोका पनि भित्रिएका छन् । सिङमा रातो रङ लगाइएको खसीबोकाबाट टाढै रहनुहोला । किनकि सिङमा हरियो रङ लगाएको खसीबोका मात्र स्वस्थकर हुनेछ ।
भेटेरिनरी जनस्वास्थ्य कार्यालयले हरियो रङ भएको खसीबोका मात्र किन्न आमउपभोक्तालाई आह्वान गरेको छ । दसैं नजिकिएसँगै उपत्यका भित्रिएका खसीबोकामा रोग देखिन थालेपछि तिनको स्वास्थ्य परीक्षण गरी निरोगीलाई हरियो र रोगीलाई रातो रङले रंग्याउने व्यवस्था मिलाइएको हो । यसको चाँजोपाँचो भने जनस्वास्थ्य कार्यालयले नै मिलाएको छ ।
तर, खसीबोकामा रङको व्यवस्था तत्काल नै लागू भने भइसकेको छैन । रङको प्रावधान पनि खसीबोका बिक्री खुलासँगै अनिवार्य लागू गरिने भेटेरिनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा। मुकुल उपाध्याय बताउँछन् । जनस्वास्थ्य कार्यालयको निर्णयलगत्तै कार्यालयले उपत्यका भित्रिने खसीबोकालाई परीक्षण गरेर मात्र खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । रोगी खसीबोका मात्र होइन, राँगा, भेडा–च्यांग्रालगायतका चौपायामा रङको प्रावधान अनिवार्य गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us