काठमाण्डु, ५ असोज– आफ्नै स्कुलकी शिक्षिकाको इज्जतमाथि खेलवाड गर्ने दुस्साहस गरेका एक प्रिन्सिपल कारबाहीमा परेका छन् ।
सामुदायिक इङलिस स्कुलका तत्कालीन प्रिन्सिपल राजाराम बासुकलाले सिम्रन श्रेष्ठ नामकी शिक्षिकाले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलाको नाममा अश्लील पर्चा छरेका थिए ।
सिम्रनले प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएकी थिइन् । दोषी ठहरपछि प्रिन्सिपललाई कडा नसिहतसहित ७ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।