बोगटीको सम्झनामा ७५ वटै जिल्लामा श्रद्धाञ्जली सभा

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:२५ मा प्रकाशित

Post bogatiकाठमाण्डु, ५ असोज– एकीकृत माओवादीले आफ्ना दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको सम्झनामा देशका ७५ वटै जिल्लामा श्रद्धाञ्जली सभा गर्दैैछ ।

राजधानीको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा हुने श्रद्धाञ्जली सभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै शीर्ष नेता सहभागी हुनेछन् ।

गत भदौ २६ गते राति घरमै बसिरहेका बेला एकैसाथ हृदयघात र कस्तिष्कघात भएका बोगटीको उपचारका क्रममा ३० भदौमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us