काठमाण्डु, ५ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको छ । हृदयाघात भएपछि उनलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । शाहको
अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
पूर्वराजा शाहलाई परिवारका सदस्यले राति साढे दश बजे अस्पताल पुर्यााइएका थिए । डा. भरत रावत र यादवदेव भट्ट नेतृत्वको टोली उनको उपचारमा संलग्न छ ।
उनलाई ‘माइल्ड हार्टअट्याक’ भएको भट्टले बताए । उनको कोरोनोरी एन्जियोप्लास्ट गरिएको छ । मुटुमा ब्लक देखिएपछि स्टेन राखेर बन्द नशा खुलाइएको थियो । ज्ञानेन्द्रलाई केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै राखिनेछ ।