काठमाण्डु, ४ असोज– एमाले नेतृ साहना प्रधानलाई फेरि निमोनिया भएको छ ।
फोक्सोमा संक्रमण तथा मस्तिष्कघात भएपछि प्रधानलाई गत २३ जेठमा बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो । अहिले पनि उनको बयोधाको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. संंगितलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको बताए ।
कसजुका अनुसार स्वास्थ्यमा सामान्य सुधार भएर घर पठाउने तयारी भइरहेका बेला निमोनिया देखिएको हो । उनका अनुसार मस्तिष्कघात र फोक्सोमा देखिएको संक्रमणबाट खतरामुक्त भएकाले भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो तीन वर्षयता अस्वस्थ ८८ वर्षीया प्रधान नौ महिनादेखि बोल्न नसक्ने अवस्थामा छिन् ।