सरिता गिरी पनि देश टुक्र्याउने पक्षमा

काठमाण्डु टुडे २०७१ असोज ४ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, ४ असोज– पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मुलुक टुक्र्याउने  विवादास्पद अभिव्यक्ति दिएका कारण पक्राउ परेका सिके राउतलाई Sarita-Giriतत्काल रिहाई गर्न माग गरेकी छन् ।
शनिबार एक विज्ञप्ति जारी गरी गिरीले राउतलाई रिहा गर्न माग गरेकी हुान् । उनले राज्यले विचारको मुख थुन्न खोजेको भन्दै राउत कुनै हिंसात्मक गतिविधिमा संलग्न नरहेकाले तत्काल रिहाई गरिनुपर्ने उनको भनाइ थियो ।

‘राज्यको हतियारमाथि आधिपत्य हुन्छ’, गिरीले भनेकी छन्, ‘तर विचारमाथि कसैको आधिपत्य हुँदैन, विचार राखेकै आधारमा पक्राउ परेका सिके राउतलाई तत्काल रिहा गरियोस् ।’
उानले राउतको देश टुक्र्याउने अभियानलाई अहिंसात्मक आन्दोलन भएको जिकिर गरेकी छन् । राउतको रिहाई नभए मधेशमा अराजकता मच्चिने चेतावनी उनको छ । गिरीले राउतलाई तत्काल रिहाई नगरे त्यसबा६ उत्पन्न परिणामको सबै जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us