सीके राउत अपराधी हो, कडा कारबाही होस्: केसी

काठमाण्डु टुडे २०७१ असोज ४ गते १०:२० मा प्रकाशित

मोरङ, ४ असोज– काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देश टुक्राउने अभिव्यक्ति दिँदै हिंड्ने सीके राउत अक्षम्य अपराधी रहेको बताएका छन् ।

arjun narsingh kc_20120922061538
प्रेस युनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा केसीले राउतले गरेको अपराधलाई क्षमा दिन नमिल्ने बताए ।

मुलुको अस्मिता र अखण्डताविरोधी अक्षम्य अपराध गर्नेलाई कानुन बमोजिम कारबाही हुनुपर्ने उनको माग थियो । ‘देश टुक्र्याउनुपर्छ भन्ने सीके राउत अपराधी हुन्’, केसीले भने, ‘यस्तो अक्षम्य अपराध गनर्नेलाई कडा कारबाही हुनुपर्छ ।’

राउतलाई केही दिनअघि प्रहरीले मुलुक टुक्र्याउने अभियान सञ्चालन गरेको आरोपमा मोरङको रंगेलीबाट पक्राउ गरेको थियो । फरक प्रसंगमा नेता केसीले सात प्रदशेको संघीयता उपयुक्त हुने बताए ।
पहाडमा चार मधेशमा दुई र एउटा राजधानी प्रदेश गरी सात प्रदेश बनाउनुपर्ने बताएका हुन् । एक मधेश एक प्रदेश भने कुनै हिसाबले ठीक नभएको उनको भनाइ थियो । केसीले एकल जातीय राज्य निर्माण गरिए जातीय द्धन्द्व र अन्तिममा राष्ट नै बिखण्डनमा जाने खतरा रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us