महेश बस्नेत भन्छन्, ‘गुण्डागर्दी अन्त्य गर्छु’

काठमाण्डु टुडे २०७१ असोज ४ गते ८:४० मा प्रकाशित

भक्तपुर,  ४ असोज– गुण्डा गर्दी संरक्षण गर्दै आएको आरोप खेपिरहेका उद्योगमन्त्री महेश बस्नेतले उद्योग क्षेत्रमा विद्यमान गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् ।

Mahesh-basnet2
एमाले  भक्तपुर क्षेत्र नम्बर–२ ले शनिबार सूर्यविनायकमा गरेको सम्मान कार्यक्रममा उनले उद्योग क्षेत्रमा रहेका दलाल, गुण्डा र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन् । उनले सरकारी टेण्डरमा हुने गरेको दलाल, गुण्डा र माफियाको  हस्तक्षेप रोक्न सरकार तत्पर रहेको दाबी गरे ।

‘उद्योगमाथि दलाल, गुण्डा र माफियाको हस्तक्षेपको अन्त्य गरिन्छ’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us