रक्तचन्दन तस्कर चिनियाँ वनको जिम्मामा

काठमाण्डु टुडे २०७१ असोज ४ गते ७:४५ मा प्रकाशित

धुन्चे, ४ असोज– लाङटाङ राष्ट्रिय निकुञ्जले अवैध रक्तचन्दनसहित पक्राउ परेका दुई चिनियाँ नागरिकलाई जिल्ला वन कार्यालय रसुवाको जिम्मा लगाएको छ ।
तासी र लिउ टाङ नाम गरेका चिनियाँ नागरिक गत २१ भदौमा ६४ केजी रक्तचन्दनसहित रसुवागढी नाकाबाट पक्राउ परेका थिए । निकुञ्ज कार्यालयले रक्तचन्दन लोड गर्न प्रयोग भएको एउटा जिपसमेत वनलाई बुझाएको छ ।
निकुञ्जका अनुसार उनीहरु सेनाको नारायणदल गण, प्रहरी र भन्सार कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us