पाल्पा, ४ असोज– छोरीले दलित युवकसँग प्रेम विवाह गर्ने पक्का भएपछि माइती पक्षले युवकलाई अपहरणकारीको आरोप लगाएको छ ।
आफूहरुको सअहमतिबीच छोरीले दलित युवकसँग विवाह गर्ने निश्चित भएपछि परिवार उनीहरुको सम्बन्ध टुटाउने प्रयासमा लागेको हो । स्याङ्जा अलामदेवी– ५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल विक र अलामदेवी–१ की २० वर्षीया रेखा पाण्डेबीच विवाह गर्ने सहमति भएपछि त्यसलाई छुटाउन माइतीपक्ष पाल्पा पुगेको हो ।
माइतीपक्षले छोरी अपहरण गरेको आरोपमा केटा पक्षविरुद्ध प्रहरीमा उजुरी दिएको छ । केटी पक्षको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर आफू खुसी विवाह गर्न लागेको बुझेपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त जोडीले पाल्पाको अमरनारायणमा विवाहको तयारी गरेको छ ।