रोजगारीका लागि नेपालीले विदेश जाने दिन सकिए: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असोज ४ गते ७:२७ मा प्रकाशित

timthumb.php आवुधावी, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाले रोजगारीको खोजीमा विदेशमा भौंतारिनु पर्ने बाध्यताबाट नेपालीले छिट्टै मुक्ति पाउने दाबी गरेका छन् ।
राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधामन्त्री कोइरालाले ८ माघमा नयाँ संविधान बन्ने र त्यसपछि कुनै पनि नेपाली कामका लागि विदेशिनु नपर्ने बताए । उनले रोजगारीका लागि विदेशिएका नेपाली छिट्टै घर फर्कने वातावरण बन्दै गएको जिकिर गरे ।

‘रोजगारीका लागि अब अब नेपालीले मरुभूमिको तातो हावा खानु पर्दैन’, कोइरालाले भने, कोइरालाले भने, ‘कामका लागि विदेश आएका नेपाली अब छिट्टै नेपाल फर्कन्छन् ।’  प्रधानमन्त्री कोइरालालाई आबुधावी विमानस्थलमा यूएइका लागि नेपाली राजदूत धनञ्जय झाले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us