काँग्रेसलाई गुटबन्दीको शिकार बनाइयो: पौडेल

काठमाण्डु टुडे २०७१ असोज ४ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, ४ असोज– काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी हाबी भएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् ।
Ramchandra-Paudelकाँग्रेस लम्जुङ– काठमाण्डु सम्पर्क समितिले दसैंका अवसरमा शनिबार गरेको  चियापान कार्यक्रममा उनले पार्टी गुटबन्दीको शिकार भएको बताए । पार्टीमा गुटबन्दी झांगिएका कारण नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने पद्धति कमजोर भएको उनको भनाइ थियो ।

‘पार्टी गुटबन्दी र भागबण्डाको शिकार भएको छ’, पौडेलले भने, ‘भागबण्डा र गुटबन्दीको विक्रितिका कारण नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न नसकेको अवस्था आएको छ ।’
पौडेलले गुटबन्दी संस्थागत भएका कारण पार्टी पद्धती कमजोर भएको बताए । उनको संकेत प्रधानमन्त्री एव्म पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवातिर थियो । संविधान निर्माण तथा राजनीतिक स्थायित्वका लागि जनताले काँग्रेसबाट ठूलो अपेक्षा गरेको भए पनि पार्टी गुटबन्दीमा चलेकाले जनअपेक्षाअनुसार सरकार तथा पार्टी सञ्चालन हुन नसकेको टिप्पणी उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us