विदुर, ४ असोज– नुवाकोटमा बाढीले बगाएर दुई र चट्याङ लागेर एकजनाको ज्यान गएको छ ।
वर्षातसँगै आएको बाढीले बगाएर विदुर नगरपालिका–८ राइसिङ बजारका पूर्वभारतीय सैनिक ५८ वर्षका हस्तबहादुर तामाङ र ५५ वर्षीय फलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनीहरुलाई स्थानीय केउरेनी खोलाले बगाएको हो ।
उता चट्याङ लागेर जिल्लाको रालुकादेवीमा एक महिलाको ज्यान गएको छ । चड्याङले रालुकादेवी चिलाउनेकी ३५ वर्षीया मसिनी तामाङको मृत्यु भएको पत्रकार नवदीप श्रेष्ठले जानकारी दिए ।