माइक्रो बस र एम्बुलेन्स ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज ४ गते ४:१२ मा प्रकाशित

पोखरा, ४ असोज– कास्कीको धम्पुस गाविस–१ घट्टेखोलामा बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट बाग्लुङ जाँदै गरेको ग १ ख ३१४३ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ध १ च १९० को एम्बुलेन्स आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

म्यादीबाट बिरामी लिएरु पोखरा आउँदै गरेको एम्बुलेन्स र माइक्रोबस ठोकिँदा एम्बुलेन्समा सवार म्याग्दी  घारा–३ का ८२ वर्षीया लालमति गवुर्जामगर र उनका छोरा ४५ वर्षीय दिलबहादुर रहेको प्रहरीले जनाएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us