काठमाण्डु, ४ भदौ– आफूलाई गुण्डा नाइके कुमार घैंटे समूहको सदस्य भन्दै राजधानीका व्यवसायीलाई धम्क्याएर पैसा असुली गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङका रवि किस्मत उपनामका काजी किस्मत हमाल र बाबुराम भुसाल रहेका छन् ।
उनीहरुले चैत्रदेखि हालसम्म लाजिम्पाट र सामाखुसी क्षेत्रमा रहेका गार्मेन्ट एवम् ह्रान्डीक्राफ्ट व्यवसायीलाई फोनमा धम्क्याएर ५० लाख देखि २ लाख सम्म असुल्दै आएका थिए ।