दसैंको टिकटमा व्यवसायीले ठगे यात्रु

काठमाण्डु टुडे २०७१ असोज ४ गते ३:४६ मा प्रकाशित

काठमाण्डु, ४ असोज– बस व्यवसायीले यात्रुलाई अत्याधिक मूल्यमा बसको टिकट बिक्री गरेको फेला परेको छ ।
सरकारले निर्धारण गरेको दररेटभन्दा झन्डै चार सय ४० रुपैयाँभन्दा बढी असुल गरेर यात्रुलाई टिकट बिक्री गरेको अवस्थामा शुक्रबार प्रमाणसहित अनुगमन गर्ने निकायले फेला पारेको छ ।
यातायत व्यवस्था विभागले पश्चिम नेपाल बस व्यवसायी संघले काठमाण्डुबाट बुटबल जाने सिद्धार्थ यातायातको यात्रुबाहक बसको टिकट नौ सय ५० रुपैयाँमा बिक्री गरेको प्रमाण फेला पारेको हो ।

सरकारले काठमाण्डुदेखि बुटवलसम्मको भाडा ५ सय १० रुपैयाँ निर्धारण गरेको छ । अन्य सुविधासहित डिलक्स बसका लागि भने थप २० प्रतिशत जोडेर भाडा लिन पाउने सरकारी मापदण्ड छ । ‘तर सामान्य बसमा निर्धारित भाडादरभन्दा बढी भाडा असुल गरेको पाइयो’ यातायात विभागका प्रवक्ता मुक्ति केसीले भने,‘ बढी मूल्य लिएको टिकटको फोटो हामीले खिचेर ल्याएका छौं ।’
उनका अनुसार बुटवल जाने एउटै बसको फरकफरक यात्रुलाई फरकफरक मूल्यमा टिकट बिक्री गरेको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us