प्रधानमन्त्रीले राजदूतहरुलाई यूएईमा भेला गरेर सम्बोधन गर्दै

काठमाण्डु टुडे २०७१ असोज ४ गते ३:३२ मा प्रकाशित

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाले आज मध्यपूर्व, पश्चिम एसिया र उत्तरी अफ्रिकाका राजदूत तथा त्यहाँस्थित नेपाली नियोग प्रमुखहरुलाई आज sushil koiralaसंयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा सम्बोधन गर्दै छन् ।
संयुक्त राष्ट्रसंघीय माहासभामा सहभागी हुन अमेरिका जाने क्रममा कोइराला गएराति अबुधावी पुगेका थिए । कोइरालाले नेपालको आकर्षक श्रम गन्तव्यका रुपमा रहेका ती मुलुकमा नेपाली कामदारको अवस्थाबारे जानकारी लिएर आवश्यक कदम चाल्न निर्देशन दिने छन् ।

प्रधानमन्त्री कोइराला न्यूयोर्कमा हुनो राष्ट्रसंघको महासभामा सहभागी हुन २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कोइरालाले आगामी असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी १२ असोजमा स्व्देश फर्कने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us