ड्युटी फ्रिको मदिरा खाने कर्मचारीविरुद्ध मुद्धा

काठमाण्डु टुडे २०७१ असोज ३ गते १२:२० मा प्रकाशित

काठमाण्डु, ३ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ ।

akhtiyarभ्रष्टाचारी ठहर हुनेमा तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, तत्कालिन स्टोरकिपर ऋषिराम जोशी र स्टोरकिपर दीपेन्द्र अधिकारीको छन् ।

कूटनैतिक निकाय तथा सरकारी प्रयोजनका लागि भन्सार छुट ड्युटी फ्रि मा आयातित मदिरा गोदाममा नभएकालाई पनि खातामा मौज्दात रहेको विवरण उल्लेख गरी लिमिटेडलाई हानि नोक्सानी पुर्‍याएको कसुर पुष्टि भएको हो ।

उनीहरुलाई २४ लाख ८८ हजार, ९ सय ८२ रुपैयाँ बिगो अख्तियारले दाबी गरेको छ । कसुरदारहरुलाई हदैसम्म सजायको मागदाबी उख्लेख गरी विशेष अदालत, काठमाण्डुमा आरोप पत्र दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us