काेठामा थुनेर जबरजस्ती करणी गर्ने हाेटल मालिक पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ३ गते १०:३५ मा प्रकाशित

विराटनगर, ३ असाेज – मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकस्थित आग्रह होटलमा किशोरीलाई बन्धक र यौन शोषण गरेको आरोपमा जुनु मगर र दिनेश श्रेष्ठलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक दुर्गा दाहालले इलाका प्रहरी कार्यालय बेलबारीमा पीडित किशोरीले उजुरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । मधुमल्ला-५ की मगरले भदौ २४ गते उक्त होटलसम्म पुर्‍याएको र होटल सञ्चालक श्रेष्ठले युवक बोलाएर यौन सम्पर्क गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ ।

प्रहरी निरीक्षक दाहालले किशोरीलाई कोठामा थुनी जबर्जस्ती होटलमा ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउने गरेको पाइएको बताए । अभियुक्त श्रेष्ठ र मगरले लामा समयसम्म यौनधन्दासमेत चलाइरहेको प्रहरी निरीक्षक दाहालको भनाइ छ ।

पीडित युवतीले सातदिनयता आफूलाई कोठामा थुनी बन्धक बनाएको र युवा बोलाएर जबर्जस्ती करणी गर्न लगाएको बताएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us