काठमाण्डु, ३ असोज – राष्ट्रिय अखण्डतामा खलल पुर्याउने क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका सीके राउतकाे शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन सकेन । उनलाई प्रहरीले मोरङबाट पक्राउ गरी बिहीबार राजधानी ल्याएको थियो ।
हिजो राजधानी ल्याउने वित्तिकै उनलाई विशेष अदालतमा उपस्थित गराइएको थियो । राजद्रोह सम्बन्धी मुद्दा विशेष अदालतले हेर्ने प्रावधान छ । यसअघि मोरङ प्रहरीले उनीमाथि सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।
राज्यद्रोहसम्बन्धी मुद्दा विशेष अदालतले मात्र हेर्ने प्रावधान छ । उनी राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न गर्ने यथेष्ट प्रमाण फेला परेपछि राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको प्रहरीको भनाइ छ ।