नारायणकाजीले किन बहिस्कार गरे प्रमुख दलको बैठक ?

काठमाण्डु टुडे २०७१ असोज ३ गते ६:३३ मा प्रकाशित

काठमाण्डु, ३ असोज– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालाले अवरुद्ध संस्द सुचारु गराउने प्रयासमा बोलाएको narayan-kaji_20111226084444प्रमुख दलका शीर्ष नेताको बैठक बहिस्कार गरेका छन् ।
सरकारले भारतसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पिडीए मस्यौदा अनुमोदन गरेको विषयमा आपत्ति जनाउँदै श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पीडीए मस्यौदा अनुमोदन गरी सम्बन्धित अधिकारीलाई सम्झौता गर्ने अख्तियारी दिएको थियो । वृहत राष्ट्रिय सहमहतिबिना पिडीए मस्यौदा अनुमोदन गरेर सरकारले राष्ट्रघात गरेको आरोप श्रेष्ठले लगाए ।

सरकारले बिहीबार कर्णाली जलविद्युत् आयोजनाको आयोजनाको पीडीएको मस्यौदा अनुमोदन गरेको थियो । बैठकको सुरुमै बोलेका श्रेष्ठले माथिल्लो कर्णाली योजनाबाट नेपालको भविष्यलाई उज्यालो र सुन्दर बनाउन सकिने भए पनि सरकारले जनस्तरमा व्यापक विरोध, आपत्ति,  र असहमति हुँदाहुँदा राष्ट्रियहितविपरीत सम्झौता गरेको भन्दै आक्रोश पोखे ।

‘प्रधानमन्त्रीले राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्छु भनेकाले हामीले पहिला सहयोग गरेका थियौं’, श्रेष्ठले भने, ‘राष्ट्रिय हित र राष्ट्रिय सहमतिविपरीतको निर्णय गरेकाले सरकारले बोलाएको बैठक विरोध बहिस्कार गरेको हुँ ।’ उनले पिडीएमार्फत राष्ट्रघातको नया अध्याय सुरु भएको दाबी गरे । पिडीएको विरोधमा श्रेष्ठ कड्किएपछि बैठकमा सन्नाटा छाएको थियो । आफ्ना कुरा राखेलगत्तै उनी बैठक छाडेर हिंडेका थिए । श्रेष्ठ हिंडेपछि बैठक दिउँसो फेरि बस्ने भन्दै स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us