कोहिनुरले कमायो नौ करोड

काठमाण्डु टुडे २०७१ असोज ३ गते ३:१९ मा प्रकाशित

काठमाण्डु, ३ असोज–  पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ ।
kohinoorअभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिजिल भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो ।
चार सातासम्म देशभरका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको कोहिनुरले अहिले पनि उस्तै व्यापार गरिरहेको छ । शुक्रबारदेखि सातौं सातामा प्रदर्शन भइरहेको कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धर बताउँछन् । हाल राजधानीका एक दर्जन हलमा प्रदर्शन भइरहेको फिल्मले बिदाको दिन ओभरफुलको व्यापार गर्ने गरेको छ भने अन्य दिन औसत व्यापार गरिरहेको मानन्धरले बताए । यस हिसाबले हेर्दा कोहिनुर अझै केही साता चल्ने देखिएको छ ।
कोहीनुरसँगै प्रदर्शन भएको आरबीके शरद निर्देषित फिल्म सिसाले भने निकै घाटाको व्यापार गर्‍यो ।
श्रीकृष्णको निधनले दर्शक कोहीनुरमा ओइरिएपछि सिसा झर्‍यामझुरुम नै हुन पुग्यो ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us