विद्यार्थी नेतृको छातिमा आफ्नै साथीले तातो चिया खन्याएपछि……..

काठमाण्डु टुडे २०७१ असोज ३ गते ३:०६ मा प्रकाशित

काठमाण्डु, ३ असोज–विद्यार्थी नेतृबीच झगडा हुँदा नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेको शरीरमा तातो चिया खन्याइएको छ । पद्मकन्या anjila-neupaneक्याम्पसकी निवर्तमान स्ववियु सभापति स्वस्तिका पोखरेलले न्यौपानेको छातीमा तातो चिया खन्याएकी हुन् ।
नेविसंघ क्याम्पस इकाइको चियापान भइरहेका बेला मंगलबार झगडा परेपछि इकार्इ सचिवसमेत रहेकी न्यौपानेको शरीरमा पोखरेलले थर्मसको तातो चिया खन्याएकी हुन् । चियाले पोलेर न्यौपानेको कुमदेखि छातीसम्म घाउ भएको छ ।
पीडित न्यौपानेले इकार्इ अधिवेशनको विषयलाई लिएर झगदा गर्दै पोखरेलले चिया खन्याइदिएको बताइन् । उनले भनिन्, ‘कुटपिट गर्दै थर्मसको चिया मेरो शरीरमा खन्याइदिइन्, आधा चिया अर्को साथीलाई परेको थियो, उसले जाकेट लगाएको भएर बच्यो, मेरो शरीर पोल्यो ।’
पीडित न्यौपानेले पोखरेलसहित पाँचजनाविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा किटानी जाहेरी दिएकी छन् । उनले कारबाहीका लागि नेविसंघ तथा पार्टीमा पनि उजुरी दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us