गुडिरहेको बसबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २ गते ४:२७ मा प्रकाशित

सुनसरी, २ असोज– सुनसरीको धरानमा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा को १ ख ३२११ नम्बरको बसका सहचालक झापा बिर्तामाडोका १६ वर्षीय सन्दिप आचार्य छन् ।

गम्भीर घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । उता उदयपुरको कटारीमा मोटरसाइलको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।

स ५ प १४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते कटारीका १६ वर्षीय सञ्जिव श्रेष्ठको उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us