पोखरा २ असोज– कास्कीको लेखनाथस्थित एकीकृत दृष्टीविहीन छात्राबास प्रमुख छात्राबासका इन्चार्ज दण्डपाणि ढकालले छात्राबासमा रहेकी एक दृष्टिविहीन छात्रालाई
बलात्कार गरेका छन् ।
४७ वर्षीय ढकालले १८ वर्षीष्या छात्रालाई छात्राबासको अथिति कक्षमा बलात्कार गरेका हुन् । पीडित युवतीको जाहेरीका आधारमा घटनाबारे अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामाले जानकारी दिए । जाहेरीमा पीडित किशोरीले नेपाली विषय नपढेर अंग्रेजी पढेको भन्दै ढकालले कोही नभएका बेला गत १९ भदौमा आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छन् । उजुरीका आधारले प्रहरीले ढकाललाई पक्राउ गरेको छ।
जनप्रकाश उच्चमावि भण्डारढीकमा कक्षा ११ मा अध्ययनरत छात्रा एक महिनाअघि मात्र छात्राबासमा आएकी थिइन् ।