पहिलेका शाही शिकारी अहिले बने वनपाले

काठमाण्डु टुडे २०७१ असोज २ गते ३:०५ मा प्रकाशित

काठमाण्डु, २ असोज– राजनीतिक व्यवस्था फेरिए पनि आम कर्मचारीको भूमिका सामान्यतः फेरिंदैन ।
तर राजतन्त्र सकिएसँगै दरबारको सिकारीको पेशामा भने १८० डिग्रीको परिवर्तन आएको छ । एक त राजा र राजपरिवार सदस्यको वरिपरि रहँदा सानसौकत सबै मेटिएर वनपालेको भूमिकामा खुम्चिनु परेको छ भने अर्कातिर पशुपंक्षी सिकार गर्नेहरु अब तिनैको संरक्षक बन्नु परेको छ ।
राजतन्त्रका बेला ‘शाही सिकारी’मा नियुक्त करिब दुई सय बढी कर्मचारीको पेसा गणतन्त्र घोषणापछि ६ वर्षयता निष्क्रिय छ । ०६५ अघि राजदरबार प्रशासनको प्रयत्यक्ष रेखदेख र निगरानीमा रहेका उनीहरुको दरबन्दी गणतन्त्र घोषणापछि वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत विभाग तथा विभिन्न कार्यालयमा स्थानान्तरण गरिएको थियो ।

त्यसयता उनीहरुको परिचय पनि शाही सिकारीबाट सशस्त्र वनरक्षक र वनपालेमा रुपान्तरण भएको छ ।
उनीहरुले सीपअनुसारको काम पाएका छन् । उच्च शिक्षा हासिल गरेका केही शाही सिकारी निजामति सेवामा स्थानान्तरण भए पनि अहिले अधिकांशको दिनचर्या वनपाले भन्दा भिन्न छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us