हेलो हेलोमै सकिन्छ पैसा

काठमाण्डु टुडे २०७१ असोज २ गते २:३४ मा प्रकाशित

काठमाण्डु, २ असोज– बागलुङका दिपेन्द्र पौडेल मंगलबार काठमाण्डु आएर आफ्ना साथी प्रकाश शर्मालाई फोन गर्न खोजे । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । NTCबल्लतल्ल फोन लाग्यो । तै पनि प्रष्ट कुराकानी हुन पाएन ।
प्रकाशले पानीपोखरी डाकेका थिए। दिपेन्द्र पुगे सुन्धारा । यता दिपेन्द्र सुन्धारामा धुइँधुँइती प्रकाशलाई खोजी बसे । यता प्रकाश घन्टौंसम्म पानीपोखरीमा कुर्दासमेत आइपुगेनन् । फेरि सम्पर्क गरेपछि मात्र उनीहरुको भेट्ने साइत जुर्‍यो । नेपाल टेलिकम मोबाइल सेवामा केही दिनयता आएको खराबीले नत सजिलै सम्पर्क हुन्छ, नत प्रष्ट नै सुनिन्छ ।
गत आर्थिक वर्ष ११ अर्ब २९ करोड ९१ लाख रुपैयाँ नाफा गरेको टेलिकमले आक्रामक रुपमा बजार विस्तार गरे पनि सेवाग्राहीलाई सन्तुष्ट पार्न सकेको छैन ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us