वैद्य सहभागी कार्यक्रम चन्दद्वारा बहिस्कार

काठमाण्डु टुडे २०७१ असोज २ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २ असोज– संविधानसभाबाहिर रहेको प्रमुख शक्ति नेकपा–माओवादीको आन्तरिक विवाद चुलिँदै गएको छ ।
mohan baidhya-netra bikram chandदुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ । विवादकै कारण आफ्नै मागअनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दाबी पार्टी नेताहरुले गरेका छन् । आन्तरिक विवादको परिणाम स्वरुप बुधबार पार्टी अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेको एक कार्यक्रममा समेत नेताहरुको अर्को समूह सहभागी भएन ।

‘पार्टी पदाधिकारीबीच विवाद पहिले विचार समूहमा मात्र केन्द्रित थियो । अहिले चाहिं छर्लङ्गै देखिन थालेको छ,’ राजनीतिक सम्मेलनमा समेत त्यसको प्रभाव देखिएको दाबी गर्दै एक केन्द्रीय नेताले बताए ।
पदाधिकारीबीच महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले दुई धारको नेतृत्व गरेका छन् । एक वर्षदेखि नै दुई समूहबीच विचारसमूहकै विवाद चलिरहेकोमा पछिल्लो समय चन्द पक्षीय एक केन्द्रीय सदस्यमाथि कारबाही भएपछि अर्को पक्ष रुष्ट बनेको हो ।
पार्टीको केन्द्रीय स्कुल विभागले कुपण्डोलमा आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष वैद्य नै प्रमुख वक्ता थिए । नेवा: र ताम्सालिङ्ग राज्यका नेता–कार्यकर्तालाई दिइएको उक्त प्रशिक्षणमा चन्द समूहका नेता सहभागी भएनन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us