संविधान बेलैमा अाउँछ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असोज १ गते ११:२८ मा प्रकाशित
काठमाण्डु, १ असाेज –  प्रधानमन्त्री सुशील कोइरालाले  अाफ्नै प्रधानमन्त्री कालमा  नै संविधान  बताएका छन्।
bigyanराष्ट्रिय विज्ञान दिवसका अवसरमा कीर्तिपुरमा नवनिर्मित बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन एवम् विज्ञान प्रदर्शनीको बुधबार उद्घाटन गर्दै उनले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गरेका थिए।
संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने र देश विकासको मार्गमा बढिसकेकामा जोड दिँदै उनले भने, …सूर्यलाई हत्केलाले छेक्न नसक्ने भने झैँ देश प्रगतिको बाटोमा अघि बढिसकेको छ।’
विज्ञान तथा प्रविधिको वर्तमान समयमा नेपाल अझै पछि परिरहेको औँल्याउँदै उनले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल आधुनिक युगमा प्रवेश गरिसकेको चर्चा गर्दै प्रधानमन्त्रीले संविधान निर्माणसँगै विज्ञान तथा प्रविधिको उपयोगका माध्यमबाट देशमा ८/१० वर्षभित्रमा नै धेरै प्रगति हुनेछ बताए।
नवनिर्मित विज्ञान सङ्ग्रहालय विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुने विश्वास उनले व्यक्त गरेका थिए।
सभासद् राजेन्द्रकुमार केसीले विज्ञान आज दिनचर्या भइसकेको उल्लेख गर्दै विज्ञानबिना वर्तमानका कुनै पनि भौतिक उन्नति सम्भव नहुने बताए।
कीर्तिपुरमा निर्मित सङ्ग्रहालय देशको विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुनेमा उनले जोड दिए।
त्रिभुवन विश्वविद्यालय स्थापनाका क्रममा जग्गा प्रदान गरेर महत्वपूर्ण योगदान पुर्‍याएका कीर्तिपुरवासीलाई रोजगारलगायतका क्षेत्रमा प्राथमिकता दिइनुपर्ने उनले उल्लेख गरे।
सरकारका मुख्यसचिव लीलामणि पौडेलले विज्ञान तथा प्रविधिको विकासका लागि वैज्ञानिकहरुको पलायनवादी सोचमा परिवर्तन आउनुपर्ने बताएका थिए।
विज्ञान तथा प्रविधिको विकासका लागि ज्ञानका साथै त्यसको प्रयोगात्मक अध्ययन अपरिहार्य हुनेमा उनको जोड थियो।
सङ्ग्रहालय विकास समितिका निर्देशक डा शोभाकान्त लामिछानेले वैज्ञानिक ज्ञानमा आधारित समृद्ध समाज निर्माणका लागि नतिजामुखी सिर्जनशील अनुसन्धान आवश्यक हुने बताए।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले विज्ञान प्रविधिको वर्तमान युगमा ज्ञान र विज्ञानको प्रयोगबाट देशलाई समुन्नत बनाउनुपर्ने बताए।
 ६२ करोडको लागतमा निर्मित उक्त सङ्ग्रहालय १५० रोपनी क्षेत्रफलमा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us