नवलपरासीमा एम्बुलेन्स, बस र मोटरसाईकल ठोक्किदा ४ काे मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १ गते ९:०२ मा प्रकाशित

नवलपरासी, १ असाेज – महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको बासामा एम्बुलेन्स, बस र मोटरसाईकल ठोक्किदा ४  जना घटनास्थलमै मारिएका छन् । अन्य २१ घाइते भएका छन् । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बसका दुई र एम्बुलेन्सका २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइते केहिलाई भैरहवा र अन्यलाई भरतपुर उपचारको लागि लगिएको छ । ६ जनाको अबस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरिक्षक सूर्यकुमार श्रेष्ठले बताए ।

सुनौलीवाट काठमाण्डु जादै गरेको बा ५ ख २१८३ नम्बरको बस , लु १ च ३७३० नम्बरको बर्दघाटबाट बुटवलजादै गरेको एम्बुलेन्स र लु ५ प ६४९४ नम्बरको मोटरसाईल महेन्द्रराजमार्ग अन्तरगत बासामा ठोक्किएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us