काठमाण्डु, १ असोज– हिन्दू धर्मालम्बीले विशेष आराधनासहित आज विश्वकर्मा पूजा गर्दैछन् ।
आजका दिन कलकारखाना, औजार तथा सवारी साधनको पूजा गर्ने चलन छ । आजका दिन फलफूल, मिठाइलगायतको परिकार बनाएर विश्वकर्मा पूजा गर्ने र रातभार जागराम बस्ने गरिन्छ । आजका दिन विश्वकर्मा पूजा गर्नाले वर्षभर कुनै दुर्घटना नहुने जनविश्वास छ ।
पूजाका लागि देशका विभिन्न स्थानमा रहेका मन्दिरमा सर्वसाधारणको भिड लागेको छ । हिन्दै शास्त्रहरुमा विश्वकर्मालाई कलपुर्जा, सवारी साधन, औजार तथा शिल्पीकला एवं वास्तुकलाका सृष्टिकर्ता मानिएको छ ।