प्रहरीका हातहातमा चोरीका मोबाइल

काठमाण्डु टुडे २०७१ असोज १ गते ५:०१ मा प्रकाशित

वीरजन्ज, १ असोज– जिल्ला प्रहरी कार्यालय पर्साको ‘क्राइम टोली’ का अधिकांश प्रहरी अधिकृत तथा जवानले चोरीका मोबाइल सेट प्रयोग गर्ने गरेका छन् ।
राजश्व छलेर ल्याइएको भन्दै तीन महिनाअघि नियन्त्रणमा लिइएका मोबाइल प्रहरीले भागबण्डा गरेर लिएका हुन् ।

क्राइम टोलीले वीरगन्जको छपकैयाबाट २०० मोबाइल नियन्त्रणमा लिएकामा एक सय ६२ थान मात्र भन्सारमा बुझाइएको छ । प्रहरीले एलजीका एचटीसी, एन्ड्रोइड र सामसुङ ग्यालेक्सी मोबाइलका सेट चलाउने गरेका छन् ।

यसैबीच नारायणी अञ्चाल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले चोरीका मोबाइल प्रयोग गर्ने प्रहरीमाथि कारबाही हुने बताएका छन् ।

उनले चोरीको मोबाइल प्रयोग गर्दा जनतामा प्रहरीप्रतिको विश्वास घट्ने भएकाले त्यस्तो प्रवृत्तिलाई छुट दिन नसकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us