लोकमानको आदेशमा यसरी घोक्र्याइयो पत्रकार

काठमाण्डु टुडे २०७१ असोज १ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, १ असोज–संविधानसभाअन्तर्गतको सुशासन तथा अनुगमन समितिको Lok_Man-Singh-Karkiबैठकमा पत्रकारलाई प्रवेश निधेष गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बैठकमा उपस्थित हुने भएपछि पत्रकारलाई बैठकस्थलमा रोक लगाइएको हो । समितिले अख्तियारको कामबारबाहीबारे जानकारी लिन बुधबार कार्कीलाई डाकेको थियो । उनी आउने भएपछि सञ्चारकर्मीहरुको समिति परिसरमा बाक्लो उपस्थिति थियो ।

तर समिति सचिव जीवराज बुढाथोकीले पत्रकारलाई बाहिर जान भने । उनले पछि बोलाउने भनेर पत्रकारलाई बाहिर निकालेका हुन् । फोटो पत्रकार र टेलिजिभनका क्यामेरा पर्सनहरुलाई केही मिनेटका लागि मात्र बैठक स्थलमा प्रवेश दिइएको थियो । तर समाचार संकलनमा पत्रकारलाई रोक लगाउने भए फोटो पनि खिच्न नजाने भनेपछि समिति भापति शेरधन राईले पत्रकारालाई भित्र आउन दिन निर्देशन दिए ।

तर सभासद अर्जुननरसिंह केसीले बोल्दै गर्दा सभापति राई र सचिव बुढाथोकीले पत्रकारलाई बाहिर निकाल्न मर्यादा पालकलाई आदेश दिए । र पत्रकारलाई जबर्जस्ती बाहिर निकालियो ।
श्रोतका अनुसार अख्तियार प्रमुख लोकमान आफूलाई बोलाइएको बैठकमा पत्रकारलाई प्रवेश दिइएको भन्दै झोक्किएपछि राईले पत्रकार निकाल्न निर्देशन दिएका हुन् । आफू अख्तियार प्रमुख भएदेखि नै मिडियाले खेदेको भन्दै कार्कीले पत्रकारहरुलाई रुखो व्यवहार गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us