बाबुरामको प्रतिवेदनमा आज पनि छलफल

काठमाण्डु टुडे २०७१ असोज १ गते ३:२६ मा प्रकाशित

काठमाण्डु, १ असोज–संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति caसमतिले बुझाएको प्रतिवेनमाथि संविधानसभामा आजबाट छलफल हुने भएको छ ।

भावी संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमति समेटेर तयार पारिएको प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु भएको थियो ।

यसअघि सोमबारका लागि बोलाइएको बैठक एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण स्थगित गरिएको थियो ।
समिति सभापति बाबुराम भट्टराईले संविधानसभामा पेश गरेको प्रतिवेदनमा सभासदहरुले आज पनि धारणा राख्ने संविधानसभा सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us