नुवाकोट र रसुवामा मोबाइल सेवा अवरुद्ध

काठमाण्डु टुडे २०७१ असोज १ गते ३:१३ मा प्रकाशित

विदुर, १ असोज– नुवाकोट र रसुवामा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।

NTC
टेलिकमले वितरण गरेको जिएसएम मोबामा मंगलबार दिउँसोदेखि समस्या आएको हो ।
सेवा अवरुद्ध भएसँगै नुवाकोट र रसुवाका हजारौ मोबाइल प्रयोगकर्ता प्रभावित भएका छन् ।

पछिल्लो तीन महिनायता पटकपटक मोबाइल सेवा अवरुद्ध हुँदा उपभोक्ता हैरानी बेहोर्न बाध्य भएका छन् । मंगलबार दिउँसो ४ बजेबाट अवरुद्ध मोबाइल सेवा अझै सुचारु नभएको नुवाकोटका पत्रकार भोलाराज पौडेलले बताए ।

उनका अनुसार पटकपटक ध्यानाकर्षण गराउँदा पनि टेलिकमले समस्या समाधानमा चासो देखाएको छैन ।
यसैबीच टेलिकमद्वारा वितरित ल्याण्डलाइन टेलिफोनमा पनि समस्या देखिएको छ ।
डायल धून नआउने, विद्युत सेवा अवरुद्ध हुने बित्तिकै टेलिकमको सेवा पनि सँगै जानेजस्ता समस्या देखिने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us