ट्रकभित्र युवतीको सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ असोज १ गते २:१८ मा प्रकाशित

सुनसरी, १ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा ट्रकभित्र एक युवतीलाई चालकसहितले सामूहिक बलात्कार गरेका छन ।
कोसी कटान क्षत्रेमा इटा लोड गरिएको ट्रकमा सप्तरीकी १९ वर्षीया युवतीलाई  चालक, उनका सहयोगीसहित ३ जनाले बलात्कार गरेका हुन् ।

सप्तरीबाट सुनसरी आउँदै गरेको ट्रकमा रुपनीबाट कोसी ब्यारेज झर्ने गरी युवती चढेकी थिइन् ।  कोसी ब्यारेजमा ओराल्दिन आग्रह गरेपनि चालकले जबरजस्ती कोसी कटान क्षेत्रमा बलात्कार गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us