
काठमाण्डु, १ असोज–प्रधानमन्त्री सुशील कोइरालाले दुई साता लामो अमेरिका भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले साना दललाई छुट्याएको मन्त्रालय कांग्रेस र एमालेबीच बाँटफाँट गर्ने र केही राज्यमन्त्री थप्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र सहरी विकास मन्त्री नारायण खड्काको स्थानमा नयाँ मन्त्री नियुक्तिको तयारी गरेको श्रोतले जनाएको छ ।
गत साता मात्र सक्ता साझेदार दल एमालेले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएको थियो ।
न्याय, कानुन संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले बाँकी रहेका मन्त्रालयलाई दुई दलबीच बाँडफाँट गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गर्दैछन् ।
नागरिक दैनिकबाट