आयल निगमका ९७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ – नेपाल आयल निगम भलवारी डिपोका उप – निर्देशकसहित ९७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेट्रोलिपम पदार्थ चोरी प्रकरणमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

aktiyarउप- निर्देशक नागेन्द्रकुमार कुर्मी, सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रवन्धक कौशवराज आचार्यस सहायक प्रवन्धक दिपकप्रसाद घिमिरे र रविकुमार रावत, प्रवन्धक दिपेन्द्र बस्नेत, पूर्व सहायक प्रवन्धक रामभक्त कार्की र उपप्रवन्धक देबेन्द्रबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको हो ।

यस्तै पेट्रोलियम व्यवसायी – ४ जना, ट्यांकर धनी -६६ जना र चालक -१९ जना गरी ९७ जनाविरुद्ध पनि मुद्धा परेको छ ।

भलवारी डिपोमा कार्यरत कर्मचारीले घुस लिइ पेट्रोलियम ब्यबसायी, ट्यांकर धनी एवं चालकहरुको मिलोमतोमा निर्धारित परिमाण भन्दा बढि तेल आयात गर्ने गरेको, र आयातित तेल सिधै डिपोमा नलगी बिच ९पडसरी र मधवलिया० मै ट्यांकरको सिल तोडी अनधिकृतरूपमा तेल निकाल्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।

निर्धारीत परिमाण भन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको राजस्व नतिरेको १ करोड ९ लाख ३६ हजार ४०० र पेट्रोलियम पदार्थ झिकी आयल निगमलाई हानि नोक्सानी पुर्याएको ६ करोड १७ लाख २ हजार ७५३ रूपैयाँ छ । यस्तै कर्मचारीहरुले घूस लिएको ५१ लाख ४५ हजार गरी ७ करोड ७७ लाख ८४ हजार १५४ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us