छोरीलाई जवरजस्ती करणी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते १२:२१ मा प्रकाशित

बाँके, ३१ भदौ – आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा कम्दी–६ बस्ने परियार थरका ४३ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले आफ्नै १३ बर्षीया छोरीलाई विगत १ महिनादेखि पटक पटक जवरजस्ती करणी गर्दै आएको भन्ने खबरका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पिडित बालिकाले समेत बाबुले आफुलाई पटक पटक जवरजस्ती करणी गरेको भनी बताएकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us