विद्युत महसुल नबढाउन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते २:२२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– सर्वोच्च अदालतले विद्युत महसुल बढाउने प्रस्ताव रोक्न सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले धान्नै नसक्ने गरी विद्युत् महसुलमा २० प्रतिशतदेखि एक सय ४० प्रतिशतसम्म वृतद्ध गर्न सरकारमा प्रस्ताव पठाउन लागेको दाबीसहित उपभोक्ता संरक्षण हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता विष्णुप्रसाद तिमिल्सेनले रिट दायर गरेका थिए ।

प्राधिकरणले औद्योगिक, सिँचाइ, खानेपानी, गैरव्यापारिक,सामुदायिक थोक ग्राहक, ग्रार्हस्थ, डेडिकेटेडफिडर ग्राहक वर्गलगायतलाई लक्षित गरी मासिक शुल्क, डिमान्ड शुल्क एवम् इनर्जी शुल्कमा महसुल बढाउने तयारी गरेको दाबी रिटमा थियो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us