काठमाण्डु, ३१ भदौ– जरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा ३ सय नेपाली कामदार लैजाने भएको छ ।
यसरी जाने नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ ।
नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन । दुईपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ ।
इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाण्डुमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ । इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो । अन्नपूर्ण पोष्टबाट