काठमाण्डु, ३० भदौ– प्रहरी प्रधान कार्यालयले ३७ जना एसएसपीको सोमबार सरुवा गरेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकामा उत्तम कार्की र अपराध महाशाखामा पुष्कर कार्कीलाईको दरबान्दी सोही स्थानमा कायम गरिएको छ ।
तत्कालीन एसएसपीद्वय रमेश खरेल र विजयलाल कायस्थलाई हेडक्वार्टर तानेपछि कार्कीद्धय हनुमानढोका गएका थिए । खरेललाई काजबाट मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपुर सरुवा गरिएको छ । सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएको छ ।
प्रहरी प्रवक्ता रहेका गणेश केसी अञ्चल प्रहरी कार्यालय लुम्बिनी पुगेका छन् । यस्तै विजयलाल कायस्थलाई अन्तर्राष्ट्रिय विमास्थल र यादवराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।